एन आर एन क्यानाडा को अन्तरक्रिया २०१५ सम्पन्न

Published On: Wednesday, November 23, 2016 | Source: NRNA CANADA
  • View Larger Image
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  • २७ डिसेम्बर २०१५ आइतवार का दिन मिसिसागा स्थित एक नेपाली रेस्टुरेन्ट मा एन आर एन क्यानाडा को अन्तरक्रिया २०१५ सम्पन्न भएको छ.

एन आर एन क्यानाडाका अध्यक्ष्य तुलसी सापकोटाले जनाए अनुसार सो कार्यक्रम मा प्रोविन्सियल कमिटी गठन गर्ने, एन आर एन क्यानाडाको नया कार्यक्रम हरु, नेपालको नया संबिधानमा एन आर एन को भूमिका को बारेमा छलफल भएको थियो| कार्यक्रम मा प्रमुख अतिथि क्यानाडाको लागि नेपाली राजदूत महामहिम काली प्रसाद पोखरेल हुनुहुन्थ्यो भने अतिथि हरु नेपाली बाणिज्यदूत डा. कुञ्जर शर्मा, एन आर एन आइ सी सी सल्लाहकार नबराज गुरुङ का साथै बिभिन्न संघ संस्थाका पदाधिकारी हरु हुनुहुन्थ्यो|

कार्यक्रम संचालन एन आर एन क्यानाडाका महासचिव सुमन लम्साल र एन आर एन क्यानाडाका प्रवक्ता डा. किस्मत भण्डारीले गर्नु भएको थियो|
सो कार्यक्रममा बम्बे ग्रिल रेस्टुरेन्टका संचालकहरु डिल्लीराज अर्याल र युबराज अर्याल लाइ विशेष सम्मान गरिएको थियो, उहा हरुले गत वर्ष नेपालमा गएको भुकम्प पिडित हरुको सहयोगार्थ एन आर एन क्यानाडालाई क्यानेडियन डलर पाच हजार सहयोग गर्नु भएको थियो| त्यसै गरि मिडिया का लागि क्याने भिजन लाइ मेडल प्रदान गरिएको थियो|